पाकिस्तान निर्वाचनः कूल २३३ राष्ट्रिय सभा र प्रान्तीय सीटहरूको नतिजा घोषणा, कसले कहाँ जिते ?

काठमाडौँ - पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रिय सभा र प्रान्तीय निर्वाचनको कुल २३३ सिटको नतिजा घोषणा गरेको छ । बिहीबार मतदान भएको १८ घण्टापछि निर्वाचनको नतिजा सार्वजनिक गरिएको हो ।
निर्वाचन आयोगले राष्ट्रिय सभाका ४७ सिटको नतिजा सार्वजनिक गरेको छ जसमा तहरीक-ए-इन्साफ वा पीटीआई समर्थित १६ स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। पाकिस्तान मुस्लिम लिग–नवाजले १७ सिट र पाकिस्तान पिपुल्स पार्टीले १२ सिट जितेको छ ।
हालसम्मको नतिजाका आधारमा सिन्धको ५३ सिटमा विजयी घोषित भएको छ । पीपीपीले ४५ सिट जितेको छ भने चार सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । जीडीएले दुई सिट र जमियत–ए–इस्लामले एक सिट पाएको छ ।
खैबर पख्तुनख्वा प्रान्तका ५० सिटमा नतिजा घोषणा भइसकेको छ भने ४५ सिटमा पीटीआईले समर्थन गरेका उम्मेदवार विजयी भएका छन् ।
पञ्जाब प्रान्तीय निर्वाचनमा ७७ सिटको नतिजा घोषणा भइसकेको छ र तीमध्ये पीएमएलएनले ३९ सिटमा जित हासिल गरेको छ भने पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारले ३३ सिटमा जित हासिल गरेका छन्।
बलुचिस्तानको ६ सिटको नतिजा आएको छ । एक सिटमा पीएमएलएन र एक सिट बिएनपी अवामीले जितेका छन् । यहाँ जुलुसले तीन र पीपीपीले एक सिट जितेको छ ।

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया