लास्ट बेन्चरमा बसेर खुवागिरी गर्नेहरू मन्त्री, मुख्यमन्त्री बन्छन् भन्ने अभिव्यक्तिले बालबालिकामा कस्तो सन्देश प्रवाह हुन्छ ?
'योग्यता प्रणालीमा विश्वास गर्नेप्रतिको हचुवा अभिव्यक्तिले राष्ट्रसेवकहरूको शिर निहुरियो'

काठमाडौँ- नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति मोरङले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले योग्यता प्रणालीमा विश्वास गर्नेहरूप्रतिको हचुवा अभिव्यक्तिले सबै तहका राष्ट्रसेवकहरूको शिर निहुरिएको बताएको छ ।
संगठनले बिहीबार एक विज्ञप्ति जारी गर्दै खरदार र सुब्बा तहका राष्ट्रसेवकको उदाहरण दिँदै मुख्यमन्त्रीले व्यक्त गरेको विचार आफैँमा अपरिपक्व उन्मादपूर्णकोरा अभिव्यक्ति भएको बताउँदै यस्तो भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संगठनका अध्यक्ष ओमराज सुवेदी तथा सचिव शालिगराम कोइरालाले मुख्यमन्त्री कार्कीले एक शैक्षिक कार्यक्रममा दिएको अभिव्यक्तिले सिंगो राष्ट्रसेवक क्षेत्रलाई दुःखित बनाएको बताएका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ' कोशी प्रदेशका माननीय मुख्यमन्त्री ज्यूले एक शैक्षिक कार्यक्रममा दिनुभएको अभिव्यक्तिले सिंगो राष्ट्रसेवक क्षेत्रलाई दुःखित बनाएको छ। प्रतिस्पर्धामा श्रेष्ठता खोज्ने हामी तमाम राष्ट्रसेवकहरू हजारौँको प्रतिष्पर्धामा आफूलाई अब्बल र श्रेष्ठ साबित गर्न सफल भएर राष्ट्रसेवाका विभिन्न तहमा बसी नागरिक सेवा प्रदान गरी आएका छौं ।'
'कलिला स्कुले बालबालिकाहरूलाई अगाडि राखेर मुख्यमन्त्रीज्यूले दिनु भएको यस्तो अभिव्यक्तिले बालबालिकामा कस्तो प्रेरणा मिल्छ होला ?' भन्दै संगठनले मुख्यमन्त्रीलाई प्रश्न समेत गरेको छ ।
'अघिल्लो बेन्चमा बसेर मेहनत गर्नेहरू खरदार मात्रै हुन्छन् पछिल्लो बेन्चमा बसेर खुवागिरी गर्नेहरू मन्त्री, मुख्यमन्त्री बन्छन् भन्ने अभिव्यक्तिले बालबालिकामा कस्तो सन्देश प्रवाह हुन्छ ? मेहनत गर्नु, उत्कृष्ट बन्नु राम्रो अंक प्राप्त गर्नु मात्रै योग्यता होइन भन्ने अभिव्यक्तिले के सन्देश दिन खाजेको हो ? राजनीति गर्ने सबै व्यक्तिहरू ब्याक बेन्चर भएर लखुवा भै हिँड्नेहरूमात्रै हुन त ?' विज्ञप्तिमा उल्लेख छ ।
साथै यस्ता अभिव्यक्तिहरू सुधार गरी राष्ट्रसेवकहरूलाई उच्च मनोबल र आत्म सम्मानका साथ कार्य स्थलमा सेवा गर्ने वातावरण निर्माण गर्न नेपाल निजामती कर्मचारी संगठन मोरङले अनुरोध समेत गरेको छ ।
मुख्यमन्त्री कार्कीले सोमबार भएको मोरङको सुन्दरहरैँचा नगरपालिका-६ दुलारीस्थित साजिलाल माध्यमिक विद्यालयको ५८औँ वार्षिकोत्सव समारोहमा मन्तव्य व्यक्त गरेका थिए । उनले मन्तव्यका क्रममा ‘फस्ट बेन्चमा बस्ने ऊ खरदार भयो, म लास्ट बेन्चमा बस्ने मुख्यमन्त्री भएँ । म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ । फस्ट बेन्चमा बस्नेले केबल लेख्न-पढ्न मात्रै जान्यो, ऊ अहिले खरिदार छ, म अहिले मुख्यमन्त्री छु । उसले कसरी हुन्छ भुँडी भर्न मात्रै जान्यो,' जस्ता अभिव्यक्ति दिएका थिए ।

अधिक भारवहन नियन्त्रणमा कडाइ गर्न बागमती प्रदेश राजमार्ग सुरक्षा कार्यालय र जिल्…
_N3VBWT6YsE_dst4gq1uvhwam0rpexep7njnpuv7jsjlcrxonllaviayyyzndafz5gwdyke5_YjHckAtDuH_pv7uuyqg0jkf3ad0zjentgp68unr252ebvwoumbrmujbtesb5z2owdelyq8v.jpg)
भिजिट भिसामा एक वर्षमै उडे पौने तीन लाख, ४२ प्रतिशतभन्दा बढी महिला
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_JQRcWZK2TV_spnlazxoqgl1a3hr3mwc6k2ioa4xpneijfovylihjucjpw4ljv1cdnnswyg1.jpg)
साउनको तेस्रो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

कोरियाको भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने

एलोभेरासँग मुल्तानी माटो मिसाएर लगाउनुहोस्, हुन्छ अनुहार चम्किलो

राशिफलमा यस्तो छ तपाईंको भाग्य

बालप्रतिभाको तालमा गुञ्जियो मादल: वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्…

प्रतिक्रिया