बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताह २०८० को समुद्घाटन

काठमाडौँ- बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको समन्वयमा आजदेखि फागुन २ गतेसम्म सञ्चालन हुने बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताह-२०८० को समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्लेकार्ड, माइकिङ, प्रहरी वैण्डसहित प्रभातफेरी सुरु भई रोयल पार्टी प्यालेस हेटौंडामा एक समारोहबीच कार्यक्रमको उद्घाटन गरिएको थियो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मातहत १० वटै जिल्लाको सदरमुकाम, व्यस्त सडक, बजार, बढी सवारी दुर्घटना हुने स्थानहरूलाई लक्षित गरी विभिन्न प्लेकार्ड, ब्यानर, साँस्कृतिक झाँकीसहित प्रभातफेरी र्यालीसहितको सचेतनामूलक कार्यक्रम एकैपटक सञ्चालन गरिएको छ ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया