भोलि फेरि बस्ने गरी सकियो कोशीमा पहिचान पक्षधर र सरकारबीच वार्ता
पुनः नामकरणको प्रतिबद्धता आउनुपर्ने माग

काठमाडौँ- पहिचानसहित कोशी प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले पुनः नामकरणको प्रतिबद्धता आउनुपर्ने जनाएको छ ।
बिहीबार विराटनगरस्थित विग होटलमा भएको प्रारम्भिक चरणको वार्ताका क्रममा संघर्ष समितिले प्रदेशको नामकरण पुन: गर्ने प्रतिबद्धता प्रदेश सरकारबाट आउनुपर्ने धारणा राखेको हो । वार्ताका क्रममा प्रदेश नामकरणका बारेमा प्रारम्भिक चरणको छलफल भएको कोशीका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुले जानकारी दिए । उनले निरन्तर वार्ता चल्ने भन्दै शुक्रबार बिहान पुन: छलफल गरेर वार्ताको अर्को मिति तय हुने बताए ।
त्यस्तै संयुक्त संघर्षका तर्फबाट वार्ता टोलीका सदस्य युवराज राईले वार्तामार्फत पुनः नामकरणमा सहमति जुटाउने प्रयास हुने बताए । वार्तामा अहिले नै प्रदेशको नाम नदिने र त्यसका लागि पुनः नामकरणको प्रतिबद्धता आउनुपर्ने उनले बताए । सरकारी वार्ता टोलीले पुनः नामकरणका लागि विभिन्न दलहरूसँग छलफल गर्ने जनाएको राईको भनाइ छ ।
प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा बनाएको वार्ता समितिले औपचारिक पत्र पठाएर आह्वान गरेपछि संयुक्त संघर्ष समिति वार्तामा बसेको हो । माघ ६ गते बसेको कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले पहिचान पक्षधरसँग वार्ता गर्ने निर्णय तीन सदस्य समिति बनाएको थियो ।
वार्तामा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको तर्फबाट डकेन्द्रसिंह थेगिम, गोबिन्दबहादुर आङबुहाङ, युबराज राई, दिवस राईलगायत छन् । फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानको आधारमा नामकरण हुनुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् ।

प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता

कटारी जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

सगरमाथा पदयात्रामा अमेरिकी पर्यटक सम्पर्कविहीन

खुम्बु क्षेत्रमा भारी हिमपात
मौरी पालेर वार्षिक ८ लाख बढी आम्दानी

मकालुमा चट्याङ लागेर १७ वटा भैँसी मरे

प्रतिक्रिया