कामना सेवा विकास बैंकद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण

काठमाडौँ- कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्त्व कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौँ महानगरपालिका वडा नं.३,रानीबारीचोकमा जुत्ता मेन्डरको लागि एक सर्भिस बुथ निर्माण गरी हस्तान्तरण गरेको छ । उक्त क्षेत्रमा अव्यवस्थित तवरले बस्ने जुत्ता मेन्डरको लागि आफ्नो पेसालाई सहज र व्यवस्थित बनाउनका लागि महानगरपालिका अन्तर्गत वडा कार्यालयसँगको समन्वयमा उक्त जुत्ता मेन्डर सर्भिस बुथ निर्माण गरिएको हो ।
उक्त बुथको समुद्घाटन काठमाडौँ महानगरपालिका वडा नं ३ का वडा सदस्य सिता थापाले गरेकी थिइन् । उक्त समुद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै वडा सदस्य थापाले अव्यवस्थित तवरले जुत्ता पालिस तथा मर्मत गर्ने व्यक्तिहरूलाई व्यवस्थित बनाउनका लागि बैंकले गरेको सहयोगलाई धन्यवाद ज्ञापन गरिन् । उक्त बुथ रानीबारीस्थित जुत्ता मेन्डर उपेन्द्र दासलाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा स्थानीय समाजसेवी तथा अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्त्व कार्यक्रम अन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरहरूलाई एक व्यवस्थित स्थान प्रदान गरी उनीहरूको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुगोस् भन्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।
यससँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिने छ ।

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

प्रतिक्रिया