मानसिक स्वास्थ्य अस्पतालको सेवा विस्तार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक स्वास्थ्य अस्पतालको सेवा विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार ललितपुरको लगनखेलमा रहेको मानसिक स्वास्थ्य अस्पतालमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ उद्घाटन गर्दै मन्त्री बस्नेतले मानसिक स्वास्थ्य समस्याका कारण अहिले मृत्युवरण गर्नेको संख्यामा वृद्धि भइरहेको भन्दै मानसिक स्वास्थ्य अस्पतालको सेवा विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । उनले समयमा नै मानसिक स्वास्थ्य समस्याको उपचार हुन सके थप समस्या झेल्न नपर्ने जिकिर गरे ।
मन्त्री बस्नेतले युवाहरूलाई समयमा नै परामर्श दिन सके मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न सकिने धारणा राखे । उनले स्वदेशमा नै नर्स र डाक्टर पढाउँदै दक्ष जनशक्ति उत्पादन गर्न सकिने र बेरोजगारीको संख्या घट्ने उल्लेख गरे । स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्न खोज्दा आफ्नो विरोध भएको र राजीनामा माग्ने समेत काम भएको उनले बताए ।
मन्त्री बस्नेतले कसैले विरोध गरेकै कारण स्वास्थ्य क्षेत्रको सुधारको काम नरोख्ने स्पष्ट पारे । मानसिक स्वास्थ्य अस्पताल, सिविन नेपाल र फोरट नर्वेको सहकार्यमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना गरिएको हो ।

क्लासिक फिटनेस एकेडेमीले नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी गर्दै

चितवनमा स्क्रब टाइफस संक्रमण बढ्दो, एक वर्षमा एक हजार ५५ संक्रमित

बिहानै कागती पानी पिउनुको यस्ता छन् फाइदाहरू

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविजविरुद्धको ५१ हजार भायल खोप

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

प्रतिक्रिया