नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

काठमाडौँ- पहिलो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ५० ओभरमा अलआउट हुँदै २२५ रनको लक्ष्य दिएको हो ।
कुशल भुर्तेलले ५८ बलमा ६२ रन बनाएका छन् । त्यसैगरी आशिफ शेखले २४ बलमा ८ रन जोडेका थिए ।
त्यस्तै कप्तान रोहितकुमार पौडेलले १७ बलमा ८ रन जोडेका थिए भने भीम सार्कीले २६ बलमा १७ रन बनाएका थिए।
त्यसैगरी कुशल मल्लले ३२ बलमा २० रन बनाए । आरिफ शेखले ५० बलमा ३८ रनको योगदान दिए ।
३४ बल खेलेका पवन सर्राफले १५ रन बनाए ।
त्यसैगरी सोमपाल कामीले २३ बलमा २७ रनको योगदान दिए ।
त्यस्तै आजै डेब्यु गरेका सूर्य तामाङले ३२ बलमा १० रन बनाए भने रिजन ढकालले ४ बलमा ४ रन बनाए । त्यसै ललित राजवंशीले १ बलमा १ रन बनाए ।
सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो ।
नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी छन् ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया