माधव नेपाल भन्छन् : राष्ट्रिय सभाको अध्यक्षको चयनमा विवाद छैन
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको अध्यक्षको चयनमा विवाद नहुने बताएका छन् ।
बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रिय सभाको अध्यक्षको चयनमा गठबन्धनबीच सहमति हुने विश्वास व्यक्त गरे । उनले उक्त पदमा दलहरूको दाबी रहनु स्वाभाविक रहेको भन्दै औपचारिक रूपमा त्यस विषयमा कुनै छलफल नभएको जिकिर गरे ।
त्यस्तै अध्यक्ष नेपालले अहिले प्रधानमन्त्रीलाई काम गर्न दिनुपर्ने भन्दै प्रधानमन्त्री परिवर्तनको कुरा गर्ने बेला नभएको जिकिर गरे । उनले प्रधानमन्त्रीलाई आवश्यक परे मन्त्रिमण्डल हेरफेर गर्न सक्ने बताए ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता बर्षमान पुनले अहिलेको अवस्थामा राष्ट्रिय सभाको अध्यक्षमा माओवादीको दाबी रहेको बताए । राष्ट्रिय सभामा माओवादी पहिलो दल भएकाले शक्ति सन्तुलनका आधारमा अध्यक्ष चयन गर्नुपर्ने बताए । उनले यस विषयमा अन्य दलहरूसँग छलफल गरेरै अघि बढ्ने बताए ।
त्यस्तै कांग्रेस नेता रामहरि खतिवडाले राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेसको दाबी रहेको र कृष्ण सिटौला नै अध्यक्ष बन्ने दाबी गरे । उनले छिट्टै गठबन्धनको बैठक बसेर यस विषयमा औपचारिक निर्णय हुने जानकारी दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया