मनमोहन मेमोरियल यू-१६ क्रिकेट प्रतियोगिता माघ २८ देखि

काठमाडौँ- तेस्रो संस्करणको मनमोहन मेमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता यही माघ २८ गतेबाट हुने भएको छ ।
आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले बुधबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो ।
आयोजकका अनुसार प्रतियोगिता माघ २८ देखि फागुन ७ गतेसम्म पोखरा रंगशालामा हुने भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक क्यालेन्डरमा परेको प्रतियोगितामा सात प्रदेश र आयोजकको टिमको सहभागिता रहनेछ ।
२५ ओभरको प्रतियोगिताका लागि सहभागी ८ टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश रहेका छन् । समूह 'बी' मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र आयोजक मनमोहन मेमोरियल-११ रहेका छन् ।
समूह चरणको खेलपछि दुवै समूहमा समान २-२ टिम सेमिफाइनलमा पुग्नेछन् । फाइनल भने फागुन ७ गते हुने तालिका रहेको छ ।
मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेका अनुसार प्रतियोगिताले क्रिकेट प्रतिभा पहिचान र विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । गैरेले प्रतियोगिता प्रत्येक वर्ष आयोजना हुने समेत बताए ।
उनका अनुसार तेस्रो संस्करणको प्रतियोगिताका लागि करिब ४५ लाख खर्च हुने अनुमान गरिएको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_bYwKJD7l1x_z16fjetmnxbm2sfjvks2ct5flwylgyvcp7wpggfzpdqcw9uimvornsctvrct.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया