अमला रोकाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी

काठमाडौँ- अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।
केही महिना पहिले हङकङबाट काठमाडौँ ल्याई बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन तस्करीमा संलग्न देखिएकी अमलाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आबद्ध रहेका देशले आफ्नो देशमा सम्बन्धित व्यक्ति भए वा नभएको खोजी गर्छन् । सम्बन्धित देशले आफ्नो देशमा सो व्यक्ति रहेको पत्ता लागे नेपाल पठाउने प्रक्रिया सुरु गर्छन् ।
उनले भने, 'नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौँले गरेको सिफारिसका आधारमा सुन तस्करीमा संलग्न रोकाविरुद्ध फेब्रुअरी ५ मा डिफ्युजन नोटिस जारी भएको हो ।'
अमला तिब्बतीयन मूलका बेल्जियम नागरिक दावा छिरिङकी पत्नी भएको र पतिकै कारण उनी सुन तस्करीमा जोडिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को अनुसन्धान निष्कर्ष छ । काठमाडौँको ठमेलस्थित होटेल भियना अमलाको नाममा दर्ता रहेको जनाइएको छ ।

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

दलित युवालाई उद्यमी बनाउन सीप सिकाउँदै तमानखोला गाउँपालिका
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_fdtY2TrLfr_edy1anewkrs3yh83hf50giin6wzsn3at7bpmdx9a0gwnqtcocucq1wionusq.jpg)
अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर, सिन्धुवासीलाई सतर्कता अपन…

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

सिंहलाई रमाइलो यात्राको अवसर जुट्ने, कर्कटलाई भाग्यले साथ दिने

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

प्रतिक्रिया