देशमा भ्रष्टाचार र लुटतन्त्रमात्रै देखियो : लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले देशमा भ्रष्टाचार र लुटतन्त्र मौलाएको आरोप लगाएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा उनले सरकारले सुशासन र प्रगतिका कुरा मात्रै गरे पनि देशमा भ्रष्टाचार र लुटतन्त्रमात्रै देखिएको आरोप लगाएका हुन् ।
मुलुक परिवर्तनमा गएपछि भ्रष्टाचार चरम रूपमा बढेको उनले बताए । उनले एनसेल, टेरामक्सलगायतमा पनि अनियमितता भएको र जनतालाई ठग्ने काम भएको उल्लेख गरे । लिङ्देनले अहिले मुलुक सीमित राजनीतिक दलका नेताको कैदमा रहेको र देश यही अवस्थामा राखिराख्न नसक्ने बताए ।
पार्टी अध्यक्ष लिङ्देनले मुलुकलाई अघि बढाउन नयाँ सम्झौताका साथ अघि बढ्न सुझाव दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया