महात्मा गान्धीकी पनातिनीलाई सात वर्षको जेल सजाय

काठमाडौँ : महात्मा गान्धीकी पनातिनी आशिष लता राम्बोगिनलाई दक्षिण अफ्रिकाको एक अदालतले फ्रड केसका लागि सात वर्ष जेल सजाय सुनाएको छ । तीन करोड २२ लाख भारतीय रुपैयाँ फ्रड गरेको भन्दै अदालतले कैद सजाय सुनाएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीमाथि व्यवासायी एसआर महाराजमाथि फ्रड गरेको अभियोग छ । भारतबाट मालवस्तुको आयात छुटाउनका लागि उनले महाराजसँग तीन करोड २२ लाख भारु एड्भान्स लिएको अभियोग छ ।
आशिष महात्मा गान्धीकी नातिनी एला गान्धीकी छोरी हुन् । एला गान्धी दक्षिण एसियाकी अधिकारकर्मी हुन् ।

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया