एभरेष्ट बैंकमा खाता हुनेले धनगढी नेत्रालयमा छुट पाउने

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रा.लि. धनगढी कैलालीबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसँगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशतसम्मको छुट पाउने छन् ।
बैंकका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारीक सदस्यहरूले उक्त अस्पतालबाट ओपिडी तथा आईपिडी र चश्मा तथा फ्रेममा मा १०५ सम्म साथै फार्मेसी तथा सर्जरीमा सेवामा ५५ सम्मको विशेष छुटको लाभ लिन सक्ने बताइएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दको उपस्थितिमा हस्ताक्षरित उक्त समारोहमा बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक उज्वलकुमार पोखरेलको समेत उपस्थिति रहेको थियो ।

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

प्रतिक्रिया