हाम्रो ध्यान लोकतन्त्रको संरक्षणमा केन्द्रित छ : रवि लामिछाने
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित रहेको बताएका छन् ।
रफत सञ्चार क्लबको १४ औं वार्षिकोत्सवका अवसरमा मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति लामिछानेले देशमा कयौँ नेता र दलहरूको जन्म भए पनि आफूहरूको ध्यान भने लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित रहेको बताएका हुन् । जुनसुकै परिस्थिति आए पनि मुलुकको लोकतन्त्रको हरण नहोस् भनेर काम अघि बढाउने उनले बताए ।
त्यस्तै सभापति लामिछानेले संविधानको रक्षा र परिवर्तनको संस्थागतका साथै सरकारले ल्याउने कानुनहरूलाई ध्यानमा राखेर प्राथमिकताका आधारमा रास्वपाले सदनमा जिम्मेवार भएर भूमिका निर्वाह गर्ने धारणा राखे । उनले आफ्ना बारेमा उठेका विभिन्न प्रश्नहरूको सामना गर्न आफू तयार रहेको र आफूप्रतिको आरोप र लान्छनाप्रति आक्रोशित नभएको बरु यसले आफूलाई प्रष्ट पार्ने मौका पाएको जिकिर गरे ।
राजनीतिको सेवा र पत्रकारिताको सेवा एकैपटक सम्भव नहुने भन्दै पत्रकारितालाई राजनीतिबाट पर राख्न उनले सुझाव दिए ।
कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार एवं पत्रकार महासंघका पूर्व उपाध्यक्ष दिलीपकुमार थापा मगर, पत्रकार शिवकुमार भट्टराईलगायतलाई सम्मान गरिएको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया