बालेनलाई शंकर पोखरेलको जवाफ: धरहरा पुननिर्माणको महत्व नबुझ्नेले आलोचना गर्छ

काठमाडौँ - नेकपा एमाले महासचिव शंकर पोखरेलले धरहरा पुननिर्माणको परियोजनाको दूरदर्शी र महत्व नबुझ्नेले त्यसको आलोचना गर्ने बताएका छन् ।
धरहरा पुननिर्माण नै नगरी उद्घाटन गर्नुपनि एउटा भ्रष्टाचार हो भन्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको भनाइ पछि पोखरेलको यस्तो भनाइ आएको हो ।
शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्माणको काम नसकिँदै धरहराको उद्घाटन गरेको भन्दै आलोचना गरेका थिए । सामाजिक सञ्जालमा मंगलबार लेख्दै पोखरेलले सरकार परिवर्तनसँगै धरहरा पुननिर्माणको कामले गति लिन नसकेको बताए । उनले भने, 'अरू परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्ब भएको छ । तर निर्माण संझौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ ।'
पोखरेलले धरहरा पुननिर्माणको परियोजना अन्तर्गत त्यसलाई नयाँ स्वरूपमा निर्माण गर्ने गरी पाँच भागमा विभक्त गरिएको बताए ।
उनले भने, 'पहिलो पुरानो धरहराको बचेको भागलाई पारदर्शी सिसाले छोपेर जस्ताको त्यस्तै संरक्षण गरी सुरक्षित राख्ने । दोस्रो त्यसको छेवैमा पुरानो स्वरूपमा तर नयाँ प्रविधिको प्रयोग गरी सुरक्षित धरहराको निर्माण गर्ने । तेस्रो भूकम्पको बारेमा जानकारी गराउने हिसाबले म्युजियमको निर्माण गर्ने । चौथो भित्री सहर र पर्यटकको सुविधालाई समेत ध्यानमा राखेर अण्डर ग्राउण्ड पार्किङ स्थल निर्माण गर्ने र पाँचौ अण्डरग्राउण्ड पार्किङको माथिल्लो भागमा बगैंचा निर्माण गर्ने र सुन्धारालाई सौन्दर्यीकरण गर्ने ।'
त्यसका लागि गोस्वारा हुलाकसमेतको वरीपरीको सरकारी जमिन समेत प्रयोग गरिएको उनले बताए । तत्कालीक प्रधानमन्त्री ओलीले नव निर्मित धरहराको उद्घाटन गरेको पोखरेलले स्पष्टीकरण दिए । 'जसको निर्माणकार्य उति बेलै सम्पन्न भइसकेको छ', उनले भने ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया