यस्तो हुनेछ आजको मौसम

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

मौसम विभागले भन्यो: सिन्धुपाल्चोकको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कम…

नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

प्रतिक्रिया