राष्ट्रका साझा मुद्दामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधार गर्दै राष्ट्रको साझा मुद्दामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको तेस्रो अधिवेशन प्रारम्भ भएको अवसरमा संसद् बैठकको सुरुमा आज संक्षिप्त मन्तव्य राख्दै सभामुख घिमिरेले जनताको प्रतिक्रिया र सुझाव आत्मसात् गर्दै संसद् अधिवेशनलाई नतिजामुखी बनाउनु पर्ने बताए ।
संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले संसदीय प्रणालीप्रतिको विश्वास र भरोसा वृद्धि हुने उनको भनाइ थियो । लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने बताउँदै उनले जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात् गर्दै आगामी अधिवेशन नतिजामुखी हुने विश्वास व्यक्त गरे ।
'विधिको शासन, पारदर्शिता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधारस्तम्भ हुन् । संसद्मा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन हाम्रो सामूहिक प्रतिबद्धता जरुरी छ । संसद्लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास गर्दैछौं । संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने र विगतमा बजेटमाथिको छलफलमा उठेका टिप्पणीसमेतलाई ध्यानमा राखेर यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दैछौं,' उनले भने ।
संसदीय प्रणालीमा संसद्को काम कानुन निर्माणसँगै सरकारको गठन र नियन्त्रण गर्ने, जनसरोकारका मुद्दाको सम्बोधन गर्ने, सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कानुन बनाई सहयोग गर्ने रहेको उनले बताए ।
संसद्का विगतका दुई अधिवेशन कानुन निर्माणका रूपमा नतिजामुखी नभएको आफूले पाएको सभामुखको भनाइ थियो ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया