मुख्यमन्त्रीलाई विश्वासको मत दिने सुदूरपश्चिम एमाले संसदीय दलको निर्णय
धनगढी : सुदूरपश्चिम एमाले संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विश्वकर्माले जानकारी दिइन् । मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदैछन् ।
माधव नेपाल पक्षको बहुमत रहेको सुदूरपश्चिम एमाले संसदीय दलले पार्टी केन्द्रीय कमिटीको निर्णयलाई बेवास्ता गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । एमालेका सांसदको समर्थन पाउने भएपछि मुख्यमन्त्री भट्टको पद सुरक्षित हुने भएको छ ।
एमाले ओली पक्षका ७ सांसदले भने प्रदेशसभा बैठकमा उपस्थित नहुने र मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताएका छ्न ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया