लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

बुटवल : लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरी संसदमा सम्बोधनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको हो। सरकारका प्रवक्ता बैजनाथ चौधरीका अनुसार मंगलबार
प्रदेश प्रमुख धर्मनाथ यादवलाई नीति तथा कार्यक्रम प्रस्तुतका लागि बैठकले सिफारिस गरेको छ ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेशसभाको बैठक मंगलबार दिउँसो ४ बजे बस्दै छ । सरकारले आगामी वर्षको अधिकांश बजेट कोभिड–१९ को नियन्त्रण र त्यसबाट प्रभावित क्षेत्र एवं व्यक्तिलाई राहत दिने गरी ल्याउने सरकारको तयारी छ । नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएपछि सरकारको बजेट पनि त्यसमै केन्द्रित रहेर आउने आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका सरकारका प्रवक्ता चौधरीले बताए । नीति तथा कार्यक्रमले कृषि र पर्यटन क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ ।
सरकारले कृषिक्षेत्रको ऋणमा ब्याज मिनाहा, रोजगारी प्रवर्धन कार्यक्रमलाई सहुलियत, युवाका लागि स्वरोजगार अभियानलगायत कार्यक्रमलाई पनि बजेटमा समावेश गर्ने गरी नीति तथा कार्यक्रम तयार गरेको छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया