डडेलधुरामा अटो दुर्घटना, दुई जना घाइते

डडेलधुरा - डडेलधुरामा अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। अमरगढी नगरपालिका–८ कुकुल्लेकमा आइतबार बेलुकी साढे ५ बजेतिर सुपप्र ६०६४ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्।
जिल्ला सदरमुकामबाट पोखरा गइरहेको अटो दुर्घटना हुँदा प्रहरी चौकी पोखरामा कार्यरत प्रहरी जवान धर्मराज खत्री र १७ वर्षीया सिर्जना साँकी घाइते भएका छन्। घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ।
अटोमा चालकसहित ६ जना सवार थिए। अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक नायकले बताए। उनका अनुसार पानी परिरहेका बेला तीव्र गतिमा रहेको अटो अनियन्त्रित भई दुर्घटना भएको हो।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया