एमाले धादिङ जिल्ला अधिवेशन विवादः झगडा सल्टाउन नेताहरूलाई काठमाडौँ बोलाए ओलीले

धादिङ - एमाले धादिङ जिल्ला अधिवेशनमा विवाद चर्किएपछि अधिवेशन भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ। दुई पक्षबीचको विवादले हात हालाहाल भएपछि अधिवेशन स्थगित गरिएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिल्लाका नेताहरूलाई काठमाडौं बोलाएर छलफल गरेर विवाद मिलाउने प्रयास गरेका छन्।
विवादपछि बागमती प्रदेश अध्यक्ष कैशाल ढुंगेलले आज बिहानै जिल्ला अधिवेशन स्थगित भएको भन्दै विज्ञप्ति जारी गरेका थिए। तर धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले तत्कालै अर्को वक्तव्य जारी गरी जिल्ला अधिवेशन स्थगित नभएको जनाएका थिए। त्यसपछि अवस्था थप बिग्रिएको थियो।
जिल्ला अध्यक्ष त्रिपाठीले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा गरेकोमा प्रदेश अध्यक्ष ढुंगेल पक्षधर नेताहरूले विरोध गरेपछि विवाद भएको थियो।
विवादपछि भएको झडपमा कुटपिटमा परी एक जनाको हातसमेत भाँचिएको थियो। शनिबार साँझ बन्द सत्रमा दस्तावेज प्रस्तुत गर्दा हुलहुज्जत र धक्कामुक्का हुँदा सन्तोष खनालको हात भाँचिएको बताइएको छ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया