भारतमा चट्याङ लागेर २३ जनाको मृत्यु
मृत्तकका परिवारलाई २ लाख दिने मोदीको घोषणा
काठमाडौँ : भारतमा चट्याङ लागेर २३ जनाको मृत्यु भएको छ । घटना सोमबारको हो । पश्चिम बंगाल राज्यमा चट्याङ लागेर कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृत्यु हुनेमा पश्चिम बंगालको हुगलीमा १०, मुर्शिदाबादमा ९, हवाडामा २ र पश्चिम मोदिनीपुरमा २ जना छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चट्याङमा परेर मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारलाई जनही २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया