सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको पद सुरक्षित, एमाले माधव पक्षको समर्थन

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिँदैछन् । प्रदेशको ठूलो दल नेकपा एमालेको माधव नेपाल समूहले साथ दिने भएपछि नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका भट्टले विश्वासको मत पाउने लगभग पक्का छ ।
सत्तापक्षसमेत रहेको प्रदेशको सबैभन्दा ठूलो दल एमाले विभाजित भएको अवस्थामा पनि मुख्यमन्त्री भट्टले विश्वासको मत पाउने सम्भावना भने बलियो भएको हो ।
ओली पक्षको प्रदेश कमिटीले एमालेका तर्फबाट भएका मन्त्री र प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीको विपक्षमा मत दिन निर्देशन दिएको छ । तर माधव पक्षको बहुमत रहेको एमाले संसदीय दलले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने जनाएको छ ।
५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री भट्टलाई वर्तमान सरकार टिकाउन कम्तीमा २७ जना प्रदेश सासंदले समर्थन दिनुपर्ने हुन्छ । एमालेका २५ मध्ये ओली पक्षमा ६ जना मात्रै स्पष्ट खुलेका छन् ।
एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गा विकले संसदीय दलले १३ जेठमा गरेको निर्णयअनुसार विश्वासको मत दिने बताइन् । १३ जेठमा वर्तमान सरकारलाई नै समर्थन यथावत राख्ने संसदीय दलले निर्णय गरेको थियो ।
प्रदेशसभामा एमालेबाहेक माओवादी केन्द्रका १३ जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्र र एमालेको माधव समूहले मात्रै मुख्यमन्त्रीको पक्षमा मत दिने भट्ट नेतृत्वको सरकार जोगिनेछ ।
प्रदेशसभामा नेपाली काँग्रेसका १२ जना सासंद छन् । प्रदेशमा प्रमुख प्रतिपक्ष दल रहेको काँग्रेसले पनि मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने सम्भावना छ । काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले विश्वासको मत दिने वा नदिने कुनै निर्णय नभएको बताए । ‘अहिले बिहान संसदीय दलको बैठक बस्दैछ । त्यसपछि मात्रै विश्वासको मत दिने वा नदिने विषयमा टुंगो लाग्नेछ,’ उनले भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया