बार्सिलोनाको सहज जित

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई पराजित गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, इके गुनडोगान र भिटोर रोकीले एक-एक गोल गरेका थिए ।
त्यस्तै डिपोर्टिभो अलाभेसका लागि सामु ओमोरोडीओनले एक गोल फर्काएका थिए । यस खेलमा बार्सिलोनाका भिटोर रोकीले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ७२औँ मिनेटमा मैदान छाडेपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि बार्सिलोनाको २३ खेलमा ५० अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी डिपोर्टिभो अलाभेसको भने २३ खेलमा २६ अंक रहेको छ र लिगमा १२औँ स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया