२ घण्टा लगाएर निकालियो ३५ किलोको ट्युमर

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा एक बिरामीका पेटबाट ३५ किलोको मासुको डल्लो (ट्युमर) निकालिएको छ । एक वर्षदेखि पेटमा समस्या झेल्दै आएकी ३२ वर्षीया कुसुम लामाको पेटबाट शल्यक्रिया गरी आइतबार साँझ ट्युमर निकालिएको हो ।
अस्पताल प्रशासन प्रमुख राजाराम तजलेका अनुसार शल्यक्रियामा चिकित्सकहरु सृष्टि प्रजापति, उषा बादे श्रेष्ठ, अनिसा श्रेष्ठ, रञ्जना मण्डल, र देवकी गुभाजुलगायतको टोली रहेका थिए । सो टोलीले दुई घण्टा लगाएर शल्यक्रिया गरेको जनाइएको छ ।
यसअघि पनि अस्पतालमा जटिल रोगको शल्यक्रिया गर्दै आए पहिलो पटक ठूलो ट्युमर सफलतापूर्वक निकालिएको जनाइएको छ । आर्थिक अवस्था कमजोर भएको र लकडाउनका कारण अस्पतालमा नियमित परीक्षणमा आउन नसकेपछि कारण रोग पालेर बसिरहेकी लामाको समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ठूलो भएको चिकित्सकको भनाई छ ।
बिरामीका आफन्तले शल्यक्रिया शुल्क रु ३० हजार सहित करिब रु ७० हजार तिर्न नसकेको गुनासो गर्दै सहयोग गर्न आग्रह गरेका छन् । अस्पतालले सक्नेजति छुट गर्नेबारेमा छलफल भइरहेको जनाएको छ । रासस

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया