खेल क्षेत्रका लागि बजेट अपुग भयो : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले खेल विकासका लागि आवश्यक बजेट छुट्याउन नसकेको बताएका छन् ।
शनिबार कराते एकेडेमी सातदोबाटो, ललितपुरमा आयोजित 'तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता-२०८०’ को समापन तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले चीनमा सम्पन्न एसियामा उत्कृष्ट प्रदर्शन गरेका कराते र क्रिकेट खेलाडीलाई पूर्वघोषित पुरस्कार वितरण गर्न नसकेको पनि बताए ।
उनले भने, ‘नेपालमा खेलकुदको विकास भइराखेको छ । तर, जसरी हुनुपर्ने थियो त्यसरी अघि बढिरहेको छैन । सरकारले जति बजेट छुट्याउनु पर्ने हो त्यति छुट्याउन सकिरहेको देखिएन । एसियाड कराते र क्रिकेट विधाका खेलाडीलाई पुरस्कार दिने भनियो तर दिइएन ।’
मुलुकको विकासका लागि खेल क्षेत्रको विकास गर्नु अपरिहार्य रहेको कोइरालाको भनाइ थियो । खेलकुदले मानिसलाई अनुशासित बनाउने भन्दै नेता कोइरालाले खेल आत्मरक्षाका लागि मात्र नभइ आध्यात्मिक समेत भएको बताए ।
उनले भने, ‘करातेले मात्रै होइन हरेक खेलकुदले मानिसलाई अनुशासित बनाउँछ । करातेको इतिहास हेर्ने हो भने चौध सय वर्षअघिको खेल हो । आत्मरक्षाका लागि भनिए पनि आध्यात्मिक कुरा पनि करातेमा छ ।’
गत वर्षमात्रै अध्ययनका लागि एक लाखभन्दा बढL विद्यार्थी देश बाहिर गएको स्मरण गराउँदै यसलाई रोक्न पनि खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । सन्त नेता कृष्णप्रसाद भट्टराई पनि खेलप्रेमी नेता भएको स्मरण गराउँदै उनले प्रतियोगिताले उनको सम्मान अझै बढेको बताए ।
नेता कोइरालाले खेलमा हार र जित स्वाभाविक भएको भन्दै हारमा आत्तिने र जितमा मात्तिन नहुने बताए । आफूहरू संसदमा रहेको नाताले सधैं खेल क्षेत्रको विकासका लागि सक्रिय रहने विश्वास नेता कोइरालाले दिलाए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत, बागमती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जन, नेपाली कांग्रेस ललितपुरका क्षेत्रीय सभापतिहरू सुन्दरमान थिंङ, महेश्वर थापा, महेश खड्का, ललितपुर कांग्रेस नेता मथुरा घिमिरे, कराते महासंघका महासचिव दावा गुरुङलगायत सहभागी थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया