गठबन्धनको राजनीति सत्तादेखि सत्तासम्म मात्रै हो : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित रहेको बताएका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले देश र जनताका लागि केही गर्न नसकेको र गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित रहेको बताएका हुन् । गठबन्धनको राजनीति सत्तादेखि सत्तासम्म मात्रै भएको उनको भनाइ छ ।
अध्यक्ष ओलीले सरकारले नै भ्रष्टाचारलाई प्रश्रय दिइरहेको आरोप पनि लगाए । ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउँदै रामग्राम परियोजना निजी कम्पनीलाई दिँदा ठूलो भ्रष्टाचार भएको उनले बताए ।
ओलीले जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई हिरासतमा नभइ अस्पतालमा राखिएको भन्दै आपत्ति जनाए ।
एमाले नेतृत्वमा तस्करीमा छानबिन गरेर जेल हालेकालाई पनि अहिले सरकारले छुटाइरहेको उनको भनाइ छ । उनले दिगो विकास लक्ष्य भेट्न अघि बढिरहेका बेला रेमिटेन्समा सरकारको ध्यान रहेको तर्क गरे ।
अध्यक्ष ओलीले सरकारलाई सत्ताको दुरुपयोग गर्न नदिन एमाले सांसदहरूको भूमिका प्रभावकारी हुनुपर्ने धारणा राखे । संसदीय बैठक दुई दिनसम्म चल्ने एमालेले जनाएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया