विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने

वासिङ्टन : विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ ।
बैंकको कार्यकारी समितिले कोरोनाभाइरसको महामारीका कारण मर्कामा परेका साना तथा मझौला उद्योगका सञ्चालकहरूलाई सहयोग गर्न भारतलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
भारतमा कोरोनाभाइरसको महामारीले साना तथा मझौला उद्योग व्यवसायहरु नराम्रोसँग धरासायी भएको तथ्याङकले देखाएको छ ।
विश्व बैंकले दिएको सो रकम भारतका साना तथा मझौला उद्योगहरूको पुनः उत्थाान र प्रवद्र्धनका लागि परिचालन गरिने भएको छ ।
सो कार्यका लागि भारतको सरकारले पनि ठूलो रकम लगानी गर्ने र विश्व बैंकको रकम त्यसमा थपिने बैंकका अधिकारीहरुले बताएका छन् ।
बैंकले प्रकाशन गरेको वक्तव्यमा कोरोनापछि साना तथा मझौला व्यवसायीहरूलाई उठाउनका लागि सो रकम उपयोग गर्न भारतलाई आग्रह पनि गरिएको छ ।
विश्वभरी मर्कामा परेका साना तथा मझौला व्यवसायीहरुलाई सहयोग गर्ने विश्व बैंकको नीति अनुसार अन्य देशहरुलाई पनि यस्तो सहयोग गरिएको समाचारमा जनाइएको छ । (एएनआई)

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_9cktT2VHfb_lkany9utpfsjjwtsu7gl2kgv9cs7skqplqeyjah1ebij5iz6kioejpiaaug6.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया