मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५७ प्रतिशत उत्तीर्ण

काठमाडौँ- नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । काउन्सिलले लिएको परीक्षामा एमबीबीएस र बीडीएस गरी कुल ५६.६८ प्रतिशत उत्तीर्ण भएका छन् ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा विश्व दवाडीका अनुसार एमबीबीएस तर्फ ५५ दशमलव ९६ र बीडीएस तर्फ ६१ दशमलव शून्य पाँच प्रतिशत उत्तीर्ण भएका हुन् । परीक्षामा एमबीबीएसतर्फ १ हजार ७ सय ५७ जना विद्यार्थीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका थिए ।
आवेदन दिएका मध्ये १ हजार ७ सय ३७ विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ सय ७२ जना पास भएका हुन् । एमबीबीएसतर्फका ७ सय ६५ जना परीक्षार्थी फेल भएका छन् ।
यसैगरी, बीडीएस तर्फ २ सय ८५ जनाले परीक्षा दिएकामा १ सय ७४ जना पास भएका छन् । बीडीएस तर्फ १११ जना भने फेल भएका छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया