सत्तामा टिक्न विदेशीलाई खुसी पार्नाले मुलुकमा बाह्य हस्तक्षेप बढ्यो : लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई बाह्य हस्तक्षेपबाट रोक्न ८४ को निर्वाचन कुर्न नसकिने बताएका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै सत्तामा टिक्न विदेशीलाई खुसी पार्ने कामले मुलुकमा बाह्य हस्तक्षेप बढेको भन्दै यसलाई रोक्न अब पार्टीले ८४ को निर्वाचन कुर्न नसक्ने बताएका हुन् । अहिले उत्तर र दक्षिणबाट भइरहेको क्रियाकलापले नेपाल कुनै पनि बेला शक्ति राष्ट्रको द्वन्द्वको सिकार बन्ने खतरा उत्पन्न भएको उनले बताए ।
लिङ्देनले वैदेशिक हस्तक्षेप रोक्न, सनातन व्यवस्था कायम गर्न अहिले नै शान्तिपूर्ण जनदबाब सिर्जनाका साथै र युवाहरूको हस्तक्षेप जरुरी रहेको धारणा राखे । अभिभावकीय संस्थाका रूपमा रहेको राष्ट्रपति दलका तर्फबाट चयन हुँदा दलीय प्रभाव देखिएको भन्दै उनले अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्था सफल हुने जिकिर गरे ।
त्यस्तै लिङ्देनले नेविसंघ, अखिल जस्ता विद्यार्थी संगठनहरूबाट शैक्षिक गुणस्तर र विद्यार्थीमुखी क्रियाकलाप सम्भव नरहेको भन्दै शैक्षिकमुखी विद्यार्थी संगठनहरूको आवश्यकता देखिएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया