२० घण्टादेखि अवरुद्ध लोकमार्ग सञ्चालनको प्रयास

ढोरपाटन (बागलुङ)- भारी हिमपातका कारण बिहीबार दिउँसोदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बागलुङको निसीखोला–६ पातिहाल्ने क्षेत्रमा भारी हिमपात परेको हुँदा अहिलेसम्म सडक खुलाउन नसकिएको हो ।
हिमपात हुन रोकिएपछि आज बिहानदेखि हिउँ पन्छाएर सडक खुलाउने प्रयास थालिएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढामगरले बताए । जेसिबी प्रयोग लोकमार्ग खुलाउने प्रयास गरे पनि अहिलेसम्म खुलाउन नसकिएको उनले बताए ।
बिहीबार साँझ ४ बजेदेखि पूर्णरुपमा अवरुद्ध सडक सञ्चालन नहुँदा पूर्वीरुकुम र पश्चिम रुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङ जाने यातायताका साधन ठप्प भएका अध्यक्ष बुढामगरले बताउनुभयो । बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोटलगायत स्थानमा पुग्ने यातायातका साधन निसीखोलामा अलपत्र परेका छन् ।

गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’
रघु गंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना
कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’

उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती
_58DJeFTbkf_15alebkhtyikazvft2zhbo4y2tdg84bwipikxfzyu2qpwn0qydlxs7cfqf8k_XUPwJSgidD_rtmvnq05sbsrml1zaoexny7s57dblumvdhkggv7ixocd7bbqnbrdmnlim8yj.jpg)
व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

प्रतिक्रिया