अल नासरसँग इन्टर मियामीको लज्जास्पद हार

काठमाडौँ- साउदी टूरमा रहेको इन्टर मियामीले अल नासरसँग लज्जास्पद हार ब्यहोरेको छ ।
गएराति भएको खेलमा क्लब मैत्रीपूर्ण खेलमा अल नासरले इन्टर मियामीलाई ६-० ले पराजित गरेको हो ।
अल नासरको जितमा टालीस्काले ह्याट्रिक गरेका थिए भने ओटाभियो, आइमेरिक लापोर्टे र मोहमद मरानले एक-एक गोल गरेका थिए ।
इन्टर मियामीको साउदी टूरमा यो लगातार दोस्रो हार हो । यसअघि इन्टर मियामी अल हिलालसँग पनि पराजित भएको थियो ।
यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो इन्जुरिका कारण खेलेका थिएनन् भने लियोनेल मेसी ८४औँ मिनेटमा मैदानमा आएका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया