ललितपुर महानगरको 'एलएमसी अलर्ट' मोबाइल एप सञ्चालनमा

ललितपुर- ललितपुर महानगरपालिकाले 'ललितपुर महानगरपालिका अलर्ट' (एलएमसी अलर्ट) मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
नगरवासीको गुनासो, विपतको जानकारी तथा कुनै समस्याहरूको तत्काल सम्बोधनका लागि महानगरले उक्त मोबाइल एप सञ्चालनमा ल्याएको हो । मोबाइल एप मार्फत् २१ वटा अलर्ट तथा गुनासो पठाउन सकिने महानगरले जनाएको छ ।
महानगरपालिका क्षेत्रभित्र कुनै पनि समस्या, विपत्ति वा गुनासो भएमा आफ्नो सन्देश नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिने बताइएको छ ।
मोबाइल एप शुभारम्भ गर्दै ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले स्थानीयहरूको सहजताका लागि मोबाइल एप निर्माण गरिएको जानकारी दिए । उनले महानगरभित्र स्मार्ट सडक बत्ती राख्ने कामलाई तीव्रता दिएको बताए ।
महानगरका अनुसार इन्टरनेट नभएको खण्डमा पनि अलर्ट मोबाइल एप चलाउन सकिने छ ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया