थाहा नगरले आन्तरिक मूल्यांकनबाटै वार्षिक नतिजा सार्वजनिक गर्ने

हेटौंडाः मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरले विद्यालयको आन्तरिक मूल्यांकनबाटै नजिता प्रकाशन गर्ने भएको छ । कक्षा एकदेखि ७ सम्म र ९ कक्षाको वार्षिक नतिजा विद्यालयले जेठ ३० गतेसम्म आन्तरिक मूल्यांकनबाट सार्वजनिक गर्न नगरले सूचना जारी गरेको नगर शिक्षा अधिकारी शोभाकर रेग्मीले बताए ।
कक्षा-८ को भने विषयगत मूल्यांकन फारम र मार्कलेजर बनाएर विषयगत कक्षा शिक्षक, परीक्षा संयोजक र प्रधानाध्यापकले प्रमाणित गर्नुपर्ने रेग्मीले बताए । उनका अनुसार विद्यालयले सोको एकप्रति विद्यालयमा राख्ने, एकप्रति सार्वजनिक गर्ने र एक प्रति नगरलाई उपलब्ध गराउनुपर्नेछ । थाहा नगरले आउँदो असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्न विद्यालयहरूलाई निर्देशनसमेत दिएको छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया