लुम्बिनीलाई हराउँदै पुलिसले दर्ता गर्यो लगातार आठौं जित

काठमाडौँ- पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले लगातार आठौं जित हात पारेको छ ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा लुम्बिनी प्रदेशलाई १ सय ३ रनले पराजित गर्दै पुलिसले लगातार आठौं जित दर्ता गरेको हो । पुलिसले यसअघि नै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो । यता लुम्बिनीको यो ९ खेलमा आठौं पराजय हो ।
बुधबारको खेलमा २ सय ४६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ३६ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ४२ रनमात्र बनायो ।
लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३६ रन बनाए । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ३ तथा करण केसीले २ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ३८ ओभरको ३ बल बाँकी छदाँ सबै विकेट गुमाएर २ सय ४५ रन बनायो ।
पुलिसका लागि कप्तान आरिफ शेखले ७६ रन, करण केसीले ५७ रन तथा कुशल भुर्तेलले ४८ रन बनाए । लुम्बिनीका लागि नर सार्कीले ४ तथा विर मगरले ३ विकेट हात पारे ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया