परीक्षाको कहरमा छैन कोभिडको डर (फोटो/भिडियो)

काठमाडौं : कोभिड-१९ को कहरका बीच आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ । बिहान ८ बजेबाट सुरु परीक्षामा देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी छन् । ४० प्रतिशत अंकका लागि परीक्षा लिइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट दिइनेछ । परीक्षार्थीहरुले कोभिडको प्रवाह नगरी परीक्षा दिइरहेका छन् ।
१२ कक्षाको परीक्षा वैशाखमा हुनुपर्ने थियो । तर कोभिड-१९ का कारण परीक्षा हुन सकेको थिएन । परीक्षार्थीहरुबीच करिब दुई मिटर दुरी कायम गरी एउटा हलमा २० जना मात्र परीक्षार्थी राखेर परीक्षा सञ्चालन गरेको बोर्डले जनाएको छ ।
त्यस्तै सबै परीक्षार्थी, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजर लगाउनुपर्ने र ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइने छ । परीक्षा मंसिर १६ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

आजको मौसमः आज पनि पाँच प्रदेशमा पानी पर्ने

९५ लाखसहित चार जना पक्राउ

तपाइको भाग्य कस्तो छ हेर्नुहोस (राशिफल)

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

प्रतिक्रिया