कर्णालीसँग एपीएफ स्तब्ध हुँदा आशिफ शेखको शतक गयो खेर

काठमाडौँ- आशिफ शेखले शतक बनाए पनि नेपाल एपीएफ क्लब पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशसँग स्तब्ध हुन पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा कर्णाली प्रदेशले एपीएफलाई २१ रनले पराजित गरेको हो ।
पराजयसँगै एपीएफ प्रतियोगिताबाट बाहिरिएको छ । एपीएफले लिग चरणका ९ मध्ये ४ खेलमा पराजय भोग्दै केवल १० अंकमात्र जोड्न सक्यो । एपीएफको पराजयसँगै त्रिभुवन आर्मी क्लब भने १२ अंकसहित फाइनलमा पुगेको छ । १४ अंक जोडेको नेपाल पुलिस भने यसअघि नै फाइनलमा पुगिसकेको थियो ।
बुधबारको खेलमा कर्णालीले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको एपीएफले ४४ ओभरमा सबै विकेट गुमाएर १ सय ८५ रनमात्र बनाउन सक्यो ।
एपीएफका लागि आशिफ शेखले १ सय १६ बलमा १० चौका र २ छक्काको मदतमा १ सय ८ रन बनाए पनि जितका लागि पर्याप्त भएन । अमर रौटेलाले २८ रन जोडे ।
कर्णालीलाई जित दिलाउन प्रकाश जैसीले ४ तथा उनिश सिंह र दिपेन्द्र रावतले समान २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ४४ ओभर १ बलमा सबै विकेट गुमाउँदै २ सय ६ रन बनायो । कर्णालीका लागि हिमान्शु शाहीले ६२ रन तथा अर्जुन घर्तीले ५३ रन बनाए ।
एपीएफका लागि मौसम ढकालले ३ तथा अमर रौटेलाले २ विकेट हात पारे ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया