चारदोबाटोमा निशान गाडीमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

काठमाडौँ- भक्तपुरको चारदोबाटो आकाशे पुल नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति करिब ९ बजे भक्तपुरबाट काठमाडौँ जाने लेनमा टायर पन्चर भएर रोकि राखेको बा ५ ख २५१ नम्बरको निशान गाडीमा सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००९ प ७००७ नम्बरको मोटरसाइकल ठक्कर दिएर दुर्घटना भएको हो ।
दुर्घटनामा सुर्यबिनायक नगरपालिका–२ बालकोट बस्ने २४ वर्षीय सुमन भुजेलको मृत्यु भएको छ । चालक भुजेलको उपचारको क्रममा निधन भएको भक्तपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा बालकोट–३ बस्ने २० वर्षकी सोफिया ठकुरी घाइते भएको प्रहरीले जनाएको छ ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया