लुम्बिनीलाई पराजित गरेर राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहरियो कोशी प्रदेश

काठमाडौँ- अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेर कोशी प्रदेश पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कोशीले लुम्बिनीलाई १६ रनले पराजित गरेको हो । प्रतियोगितामा कोशीले ९ मध्ये १ खेलमा मात्र जित हात पारेको हो । यता लुम्बिनीको ८ खेलमा सातौं पराजय हो ।
मंगलबारको खेलमा कोशीले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४६ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ५६ रनमात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि दिलसाद अलीले ३२ रन तथा विराट भण्डारीले २८ रन बनाए । सम्राट भुषालले २६ रनको योगदान गरे । कोशीका लागि सौजन घिमिरेले ३ तथा समिर कार्की, अभ्यास तिम्सिना र कमल खत्रीले समान २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ४४ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७२ रन जोड्दा कप्तान अंकित सुवेदीले ४९ रन तथा सौजन घिमिरेले ४३ रन बनाए ।
लुम्बिनीका लागि नर सार्कीले सर्वाधिक ४ तथा विर मगरले ३, अभिषेक गौतमले २ र कृष्ण कार्कीले १ विकेट लिए ।

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

प्रतिक्रिया