लुम्बिनी सरकारले मंगलबार नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने

बुटवल : लुम्बिनी प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरी संसद्मा सम्बोधनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको हो ।
सरकारका प्रवक्ता बैजनाथ चौधरीका अनुसार ले मंगलबार प्रदेश प्रमुख धर्मनाथ यादवलाई नीति तथा कार्यक्रम प्रस्तुतका लागि बैठकले सिफारिस गरेको छ ।
सरकारका प्रवक्ता चौधरीले बहुमतको सरकारले नीति तथा कार्यक्रम पास गर्ने बताए । उनले विपक्षीले अल्पमतको सरकारको अरोप लगाए पनि त्यस्तो नभएको दाबी गरे ।
विपक्षी दलहरूले सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको भन्दै आलोचना गरेका छन् । तर मन्त्री चौधरी ससद्बाटै बजेट आउने बताउछन् ।
विपक्षी गठबन्धन भने सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट पास गर्न नदिने रणनीतिमा छ ।
मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेकाले उनी नेतृत्वको सरकारले ल्याउने बजेट पास गर्न नदिने नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले बताइन् । उनले सरकार स्वेक्षाचारी ढंगले अधि बढेको पनि बताइन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया