संसदीय दलको नेता परिवर्तनको निर्णय सच्याउन निर्देशन

सुदूरपश्चिम- नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशको बैठकले प्रदेशसभा, संसदीय दलको नेता परिवर्तन गरिएको निर्णय सच्याउन निर्देशन दिएको छ । सो पार्टीका प्रदेश अध्यक्ष हरि चौधरीको अध्यक्षतामा शनिबार बसेको प्रदेश समितिका उपलब्ध पदाधिकारी बैठकपछि सार्वजनिक गरिएको परिपत्रमा पार्टी परम्परा, विधि, विपरीत केन्द्रीय कार्यालयको निर्देशन समेतको अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने खतरा हुने भएकाले संसदीय दलको निर्णय अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको उल्लेख छ ।
नौवटै जिल्लाका इन्चार्ज/संयोजकको नाममा सार्वजनिक गरिएको परिपत्रमा दलका नेता खगराज भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दल नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति पदाधिकारीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
सुदूरपश्चिम प्रदेशसभा, नेकपा (माओवादी केन्द्र) संसदीय दलका असन्तुष्ट बहुमत (छ जना) सदस्यको बैठकले दुई दिनअघि दलको नेता परिवर्तन गर्दै मानबहादुर धामीलाई नेता चयन गरेका थिए ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) दुई मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा सम्मिलित छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ११ सदस्य छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया