कार्य स्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता

काठमाडौँ- कार्य स्थल मा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ ।
आइतबार उद्योग मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र विभिन्न ६ वटा उद्योगहरूबीच उक्त सम्झौता भएको हो ।
सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक दिपक घिमिरे, परिसंघका तर्फबाट महानिर्देशक दिपकराज जोशी र उद्योगहरूका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए ।
सम्झौतासँगै ६ वटै उद्योगहरूले कूल १ हजार ६ सय ६३ जना प्रशिक्षार्थी कामदार छनौट गरी प्रशिक्षण प्रदान गरी रोजगारीमा लगाउने छन् । सम्झौता कार्यक्रममा उद्योगमन्त्री रमेश रिजालले प्रशिक्षण कार्यक्रम मार्फत उद्योगको उत्पादन वृद्धिमा योगदान पुग्ने र स्वदेशमै रोजगारीका थप अवसरहरू सिर्जना हुने अपेक्षा गरे ।
सम्झौताअनुसार प्रशिक्षार्थी कामदारहरूको अधिकतम ३ महिनाको पारिश्रमिक नेपाल सरकारका तर्फबाट केन्द्रले बेहोर्ने छ भने उद्योगले तत्पश्चात् कम्तिमा १८ महिनाका लागि रोजगारीको सुनिश्चितता गर्नुपर्ने बताइएको छ ।

उच्चको आदेशपछि काममा फर्किए राजु पाण्डे

सावित्री देवी स्मृती प्रतिष्ठानद्वारा स्वास्थ्यकर्मी लामासहित अन्य व्यक्ति सम्मानित

सङ्कलन गरेको गोहीका अण्डाबाट कोरलियो बच्चा

एक किलो अफिमसहित पर्सामा चार जना पक्राउ

झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा

भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस

प्रतिक्रिया