इञ्जिनियरिङको इतिहासमात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन : मुख्यमन्त्री कार्की

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङको इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् । नेपाल इञ्जिनियर एशोसिएशन कोशी प्रदेशको कार्यालय भवन शनिबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका इञ्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको बताएका हुन् ।
'जनतालाई घर, पुल, कम्प्युटर सेवा कस्तो दिने किनकि अहिले सर्वसाधारणको दैनिकी नै इञ्जिनियरको हातमा छ तर त्यो दिन सकेका छौं,' उनले भने, 'इञ्जिनियरिङ इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन । त्यसैले कसैले गरेको अभ्यासले बनेको इतिहासले राम्रो र फरक इञ्जिनियर बन्न सक्दैन ।'
नेपालको शिक्षा कमजोर छैन त्यसैले गुगल, फेसबुक, नासालगायतका संसारभरका कम्पनीमा नेपाली प्राविधिकहरूले योगदान गरिरहेको मुख्यमन्त्री कार्कीले बताएका छन् । 'कोशीका प्राविधिक जनशक्ति संसारभर उच्च मूल्यमा बिक्री गर्न अब प्रयोगात्मक अभ्यासमा केन्द्रित भएर अध्ययन गर्नु आवश्यक छ,' उनले भने, 'प्रदेशमा भइरहेकाे विकास निर्माण कामको गुणस्तरीय परीक्षण गरेर इञ्जिनियरहरूले प्रयोगात्मक अध्ययन सुरु गरौँ ।'
प्रदेश सरकारबाट पैसा माग्न आएका विद्यार्थीलाई भाैतिक निर्माण कार्यकाे गुणस्तर परीक्षण गरेर रिपोर्ट दिई प्रयोगात्मक अभ्यास गर्न आग्रह गरेकाे मुख्यमन्त्री कार्कीकाे भनाइ थियाे । 'तुइनमैत्री प्रदेश निर्माणमा इञ्जिनियर पढ्ने विद्यार्थीलाई प्रयाेगात्मक अभ्यास गरेर इञ्जिनियरिङ विधामा नयाँ नमुना प्रस्तुत गराैँ त्यसकाे लागि प्रदेश सरकारले बजेट विनियाेजन गरेकाे छ,' उनले भने, 'तर, अहिलेका इञ्जिनियरहरू कार्यालय प्रमुख कहाँ गएर ६० प्रतिशत कमीसन दिन्छु, डीपीआरकाे काम दिनु भन्दै मागेर त्यसबाट भएकाे फाइदाले बेलुका टुच्च लगाएर भ्रष्टाचारी नेता मरी जा ! भनेर सामाजिक सञ्जालमा लेख्छन् ।' के यस्तै इञ्जिनियरले समाज परिवर्तन गर्न सक्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका थिए ।

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

प्रतिक्रिया