वाइवाइ चाउचाउ खेलाडीको हौसला बढाउन लागिरहन्छ : विनोद चौधरी

काठमाडौँ- उद्योगपति विनोद चौधरीले अफगानिस्तानलाई पराजित गर्दै आईसीसी यू-१९ क्रिकेट विश्वकपको 'सुपर सिक्स' मा स्थान बनाएको नेपाली यू-१९ क्रिकेट टिमलाई बधाई दिएका छन् ।
दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको समूह 'डी' अन्तर्गतको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपालले सुपर सिक्समा स्थान सुरक्षित गरेको थियो ।
१ सय ४६ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ९ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा कप्तान देव खनालले ५८ रन तथा आकाश चन्दले ५ विकेट हात पारेका थिए ।
नेपालले अब सुपर सिक्समा भारत र बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।
सुपर सिक्समा पुगेपछि सांसद समेत रहेका चौधरीले आगामी खेलका लागि शुभकामना समेत व्यक्त गरे । उनले नेपाली क्रिकेटको पक्ष र विकासमा लागिरहेको वाइवाइ चाउचाउ आगामी दिनमा पनि नेपाली खेलाडीको हौसला बढाउन लागिरहने बताए ।

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

प्रतिक्रिया