आकाशले ५ विकेट लिएपछि नेपालविरुद्ध अफगानिस्तान १४६ रनमा सिमित

काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत अफगानिस्तानले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ ।
इस्ट लन्डनस्थित बफ्यालो पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४० ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ४५ रनमात्र बनाउन सक्यो ।
अफगानिस्तानका लागि अलाह मोहम्मद घजनफरले ३७ रन तथा सहन एइसाखिलले २० रन बनाए । कप्तान नसिर खानले ३१ रन बनाए । फरिदुन दाउदजाइले २९ रनको योगदान गरे ।
नेपालका लागि आकाश चन्दले ५ विकेट र दिपेश कँडेलले २ तथा सुवाश भण्डारी, गुल्सन झा र तिलक भण्डारी १-१ विकेट हात पारे ।
समूह 'डी' मा रहेका नेपाल र अफगानिस्तानले यसअघिका दुवै खेलमा पराजय भोगिसकेका कारण सुपर सिक्समा पुग्न दुवै टोलीलाई आज जितको आवश्यकता रहेको छ ।
यसअघि नेपाल र अफगानिस्तान दुवैले न्यूजिल्यान्ड र पाकिस्तानसँग हार बेहोरेको थियो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया