राष्ट्रिय क्रिकेट : नेपाल पुलिसको लगातार छैटौँ जित

काठमाडौँ- पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैटौँ जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै पुलिसले लगातार छैटौँ जित हात पारेको हो । कर्णालीको भने यो सात खेलमा चौँथोँ पराजय हो ।
शुक्रबारको खेलमा १ सय ७२ रनको लक्ष्य पुलिसले २३ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको जितमा दिलिप नाथले सर्वाधिक ७५ रन तथा कुशल भुर्तेलले ४३ र कप्तान दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए ।
कर्णालीका लागि प्रकाश जैसीले २ तथा दिवान पुन र दिपेन्द्र रावलले १-१ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले ४२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ७१ रन बनायो ।
कर्णालीका लागि निश्चल रावलले ५० तथा कप्तान रविन्द्र शाहीले ४० रन बनाए । अर्जुन घर्तीले २३ रन जोडे ।
पुलिसका लागि सागर ढकालले ३ तथा ललित भण्डारीले २ विकेट हात पार्दा दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट हात पारे ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया