मधेशद्वारा गण्डकी प्रदेश १ सय ४५ पराजित

काठमाडौँ - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेशले गण्डकीलाई १ सय ४५ रनले पराजित गरेको हो । जितका लागि ३ सय ३६ रनको बिशाल लक्ष्य पछ्याएको गण्डकी ३९ दशमलव ५ ओभर खेल्दै १९० रनमा समेटियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३३५ रन बनाएको थियो । मधेशका लागि अनिल शाहले १२४ रनको शतकीय पारि खेले ।
त्यस्तै मुलपानी मैदानमा भएको खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्यो । जितका लागि २४८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ३० दशमलव ३ ओभर खेल्दा १५० रनमा अल आउट भयो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन बनाएको थियो ।
त्यस्तै भैरहवा रंगशालामा भएको खेलमा एपिएफले लुम्बिनी प्रदेशमाथि ७ विकेटको जित दर्ता गर्यो । जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको एपिएफले २२.३ ओभरमा ३ विकेटको क्षतिमा १ सय ३५ रन बनाउदै जित दर्ता गरेको हो । एपिएफका कप्तान रोहित पौडेलले ५२ रनको योगदान दिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको लुम्बिनी ४१ ओभरमा १ सय ३३ रन बनाउदा अलआउट भयो । लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३९ रनको योगदान दिएका थिए । एपिएफका लागि रमेश कुर्मीले ५ विकेट लिए ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया