शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

बालेन शाह राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न हेटौंडा गएनन्

फाइल तस्बिर

काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् । 

मेयर शाह व्यस्तताका कारण निर्वाचनमा सामेल नभएको उनका स्वकीय सचिव भूपदेव शाहले इकागजलाई बताए ।  उनी स्वतन्त्र उम्मेदवारकाे रुपमा काठमाण्डाैँ महानगरपािलकाकाे मेयर पदमा निर्वािचत भएका हुन् । 

उपप्रमुख सुनिता डंगोल भने मतदान गर्न हेटौंडा गएकी छन्। 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा मतदान भइरहेको छ। यसअघि पनि मेयर बालेनले प्रदेश सभामा भोट हालेका थिएनन्।