बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

कारबाओ कप : फुलह्यामलाई लिभरपुलले हरायो, फाइनलमा चेल्सीसँग भिड्ने

काठमाडौँ- लिभरपुल कारबाओ कपको फाइनलमा पुगेको छ ।

गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फुलह्यामसँग १-१ गोलको बराबरी खेल्दै लिभरपुलले समग्रमा ३-२ को नतिजा निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

लिभरपुलका लागि खेलको ११औँ मिनेटमा लुइस डियाजले सुरुवाती गोल गरेका थिए भने खेलको ७६औँ मिनेटमा फुलह्यामका इस्सा डिओपले बराबरी गोल गरेका थिए ।

यस अघिको पहिलो लिग लिभरपुलले २-१ ले जितेको थियो ।

अब फाइनलमा लिभरपुलले चेल्सीको सामना गर्ने छ । फाइनल खेल फेब्रुवरी २५ मा हुने छ ।