सय देखि तीन सय शैयाका अस्पतालहरूमा नर्सिङ र प्यारामेडिक्सको पढाई सुरु हुने स्वास्थ्य मन्त्रीको दाबी

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आगामी शैक्षिक सत्रदेखि १०० देखि ३०० शैयाका अस्पतालहरूमा नर्सिङ र प्यारामेडिक्सको पढाई सुरु हुने दाबी गरेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९० औं वार्षिकोत्सव समारोहलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षाको विकासले देशमा रोजगारीको ढोका खुल्ने बताएका हुन् ।
स्वास्थ्य मन्त्रालयले १०० देखि ३०० शैयासम्मका अस्पतालहरूमा नर्सिङ र प्यारामेडिक्सको पढाई गर्ने र ३०० शैयाभन्दा माथिका अस्पतालहरुमा एमबिबिएसको पढाई गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेको उनले बताए । उनले अब अस्पतालहरूले विरामीको उपचार मात्र गर्ने नभई चिकित्सा क्षेत्रको जनशक्ति पनि उत्पादन गर्नुपर्ने उल्लेख गरे । मन्त्री बस्नेतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको सेवा विस्तारका लागि मन्त्रालय सकारात्मक रहेको बताए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.युवानिधि बसौलाले ३०० शैयाको अस्पताल बनाउने घोषणा सरकारले गरेको भए पनि अहिलेसम्म १०० शैयामै सञ्चालनमा रहेको बताए । पछिल्ला दिनमा अस्पतालले आफ्नो सेवा सुधारमा विशेष ध्यान दिएको उनको भनाइ छ ।

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया